नेकपा एसको केन्द्रीय कार्यालय मीनभवनमा

तामसालिङ खबर
१९ भाद्र २०७८, शनिबार १०:५६

भदौं, काठमाडौं – नेकपा (एकीकृत समाजवादी) पार्टीको कार्यालय मीनभवनमा रहने भएको छ ।

भीएस निकेतन स्कुल नजिकैको घरमा पार्टी कार्यालय रहने निश्चित भएको नेता जीवनराम श्रेष्ठले जानकारी दिए । उनका अनुसार अहिले उक्त घरमा रङ्गरोगनको कार्य भइरहेको छ ।

असोज १ गते पार्टी कार्यालय स्थापना गरिने उनले जानकारी दिए । भीएस निकेतन नजिकैको घरमा कार्यालय राख्ने पक्का भएको छ । अहिले रङ्गरोगनको कार्य भइरहेको छ । असोज १ गतेबाट हामीलाई हस्तान्तरण गर्ने कुरा भएको छ,” उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*