कारोबारको सबै विवरण राख्न मिल्ने मोवाइल खाता एप सार्बजनिक

तामसालिङ खबर
१८ भाद्र २०७८, शुक्रबार ०६:३७

भदौं, हेटौडा – व्यापार व्यावसायलाई लक्षित गर्दै बागमती प्रदेशको राजधानी हेटौंडामा मोबाइल खाता एप सार्वजानिक गरिएको छ ।

मोबाइल खाता निर्माण कम्पनी वेदान्त टेक्नोलोजीज प्रा.लिले बिहीबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै मोबाइल खाताको बारेमा जानकारी गराएको छ ।

कम्पनीका प्रबन्धक निर्देशक भरत सापकोटाले पसलमा प्रयोग हुने परम्परागत डे बुक तथा लेजरको सट्टामा मोबाइलमा नै सम्पूर्ण आर्थिक कारोबारको हर हिसाब राख्न सकिने बताए । नेपालमा पहिलो पटक यस्तो एप हाल सम्म नभएकोले खरिद, बिक्री, खर्च, उधारोआदी सम्पूर्ण लेखा हिसाब डिजिटल रुपमा आफ्नो मोबाइलमा नै राख्न सकिने सापकोटाले बताए ।

मोबाइल खातालाई गुगल प्रे स्टोर र एप्प स्टोरमा गएर डाउनलोड गरेर प्रयोग गर्न सकिने बताएका छन् । उनले हाललाई सेवाग्राहीले एक महिना सम्म निशुल्क अफर रहेको र पछि पाँच हजारमा एप खरिद गर्नुपर्ने बताए । हाल यो तीन हजार आठ सय भन्दाबढीले प्रयोग गरिरहनुभएको छ भने ६ सय भन्दाबढी सेवाग्राही खरिद गर्ने प्रक्रियामा रहेको सापकोटाले बताए ।

मोबाइल हातमा खाता साथमा भन्ने मुल नारा सहित बिशेष गरी आर्थिक कारोबार नभई यो विशुद्ध कारोबारको हिसाबकिताबको रेकर्ड राख्ने बताइएको छ । इ–सेवा, खल्ति भन्दा भिन्न रहेको यो डिजिटल प्रविधि आगामी दिनमा मोवाईल ढुवानी र मोवाइल पसल एप निर्माण गरी सेवाप्रदान गरिने समेत बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*