मकवानपुरका स्थानीय तहका २५ जना जनप्रतिनिधीले रोजे, एकिकृत समाजवादी

तामसालिङ खबर
१८ भाद्र २०७८, शुक्रबार ०८:१०

भदौं, हेटौडा – मकवानपुरका विभिन्न स्थानीय तहका २५ जना जनप्रतिनिधी नेकपा एकीकृत समाजवादीमा खुलेका छन् । एमालेबाट निर्वाचित भएका उनीहरु प्रदेश निर्वाचन कार्यालय हेटौंडामा पुगेर माधव नेपाल नेतृत्वको समाजवादीमा सनाखत गरेका हुन् ।

समाजवादीमा सनाखत गर्नेमा हेटौंडा उपमहानगरपालिकाका उप मेयर मीना कुमारी लामा देखि स्वतन्त्र निर्वाचित मनहरीका वडाअधयक्ष साधुराम अधिकारी समेत    छन । हेटौंडा १३ का वडा अध्यक्ष मनोजकुमार वाइवा, जिल्ला समन्वय समिती मकवानपुरका सदस्य सीता अधिकारी, हेटौंडा उपमहानगरपालिकाका कार्यपालिका सदस्य कृष्णबहादुर राई, हेटौंडा १ का वडा सदस्य बेगम बराल, हेटौंडा उपमहानगरपालिकाका वडा नम्बर ३ का सदस्य कुमारसिं लामा, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ का सदस्य सन्तुमाया पाख्रीन, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ का सदस्य शुकराम केशीले समाजवादी रोजेका छन ।

यस्तै, थाहा नगरपालिका वडा नम्बर ११ का अध्यक्ष किरणमान बल, थाहा ५ का वडा अध्यक्ष विष्णुबहादुर गुरुङ, थाहा नगरपालिका वडा नम्बर ५ का सदस्य उर्मिला सुनुवार, थाहा नगरपालिका वडा नम्बर ११ का सदस्य मैया विश्वकर्माले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।

कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान, कैलाश गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष सुर्जबहादुर थिङ, कैलाश गाउँपालिका वडा नम्बर ८ का सदस्य अनिता बलले पनि एकीकृत समाजवादी रोजेका छन् ।

यस्तै, मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्ट, मनहरी गाउँपालिका वडा नम्बर ३ का कार्यबाहक अध्यक्ष विष्णुबहादुर थिङ, मनहरी ३ का वडा सदस्य उमा कुमारी नेपाली, मनहरी गाउँपालिका वडा नम्बर ९ का अध्यक्ष साधुराम अधिकारी, मनहरी गाउँपालिका वडा नम्बर ५ का इन्द्रकुमार सार्की, मनहरी गाउँपालिका वडा नम्बर ८ का सदस्य अम्बिका दमाईले निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।

एकीकृत समाजवादीमा सनाखत गर्नेमा भीमफेदी गाउँपालिका वडा नम्बर ९ का सदस्य कर्णबहादुर पाख्रीन र बकैया गाउँपालिकाका ४ जना सदस्य रहेको एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेलले जानकारी दिए ।

मकवानपुरका अन्य स्थानीय तहका एकीकृत समाजवादीमा आबद्द हुन चाहाने जनप्रतिनिधीले २२ गतेसम्म निर्वाचन कार्यालय पुगेर सनाखत गर्ने पार्टीका केन्द्रिय सदस्य एवम् बागमती प्रदेश सभा सांसद मुनु सिग्देलले जानकारी दिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*