वामदेव गौतमले दिए एमालेबाट राजीनामा

तामसालिङ खबर
१९ भाद्र २०७८, शनिबार ०६:५५

भदौं, काठमाडौँ – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् । शुक्रबार साँझ एमाले पार्टी कार्यालय पुगेर कार्यालय सचिव शेरबहादुर तामाङलाई नेता गौतमले राजीनामा पत्र बुझाएका हुन् ।

वरिष्ठ उपाध्यक्ष सहित पार्टीको सम्पूर्ण काम जिम्मेबारी परित्याग गरेको भन्दै गौतमले राजीनामा दिएको उनका स्वकिय सचिव दीपक टमाटाले जानकारी दिए ।

नेता गौतमले यसअघि नै एमाले विभाजित भएपछि केपी ओलीसँगै पार्टीमा रहन नसक्ने प्रतिक्रिया दिएका थिए । शुक्रबार साँझ नेता गौतम आफैँ पार्टी कार्यालय पुगेर राजीनामा बुझाएका हुन् ।

राजीनामापत्रमा नेता गौतमले अध्यक्ष केपी ओलीलाई नवौँ महाधिवेशनले पारित गरेका राजनीतिक कार्यदिशालाई पालना नगरेको र साझा घोषणा लागु नगरेको गुनासो गरेका छन् ।

सर्वोच्च अदालतले असंवैधानिक भनेर खारेज गरेका विषयलाई समेत अध्यक्ष ओलीले आफूलाई सुधार नगरेको राजनामापत्रमा उल्लेख छ । साथै अध्यक्ष ओलीले पार्टीका बिचार सिद्धान्त र कार्यदिशा पालना नगरेको गौतमले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*