हेटौडामा ९५ जना प्रहरी जवान दीक्षित

तामसालिङ खबर
१६ भाद्र २०७८, बुधबार ०६:५५

भदौं, हेटौडा – बागमती प्रदेशको राजधानी हेटौंडामा ९५ प्रहरी जवान मंगलबार दीक्षित भएका छन । बागमती प्रदेश सशस्त्र प्रहरी गण रातोमाटे र दंगा प्रहरी नियन्त्रण गणका प्रहरी जवान आधारभूत तालिम ६ व्याजको २०१ औं समूहको संयुक्त दिक्षान्त समारोह गरि उनीहरु दीक्षित गराएको हो ।

वरिष्ठ प्रहरी उपरिक्षक श्यामलाल ज्ञवालीले सबै जवानलाई बधाई दिदैं कठिन तालिम पश्चात सफल भई अब देशप्रति त्याग, बलिदान गर्नको शान्ति सुरक्षा र अमनचयन कायम गर्न सबैलाई निर्देशन दिनुभएको थियो ।

निष्पक्ष भई संविधान विपरित काम गर्न आग्रह गर्दै देशका हरेक नागरिकको शान्ति सुरक्षा दिनु हाम्रो कर्तव्य रहेको बताउनुभयो । ३९ जना महिला सहित ९८ जनाको आधारभूत तालिम प्रदान गरिएकोमा तीन जना बीचमा भागेको र ९५ जना दीक्षित भएको तालिम संयोजक प्रहरी निरिक्षक मेघराज चौरसियाले बताउनुभयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*