वाईसीएलको २ सय ३१ सदस्यीय केन्द्रीय समिति चयन

तामसालिङ खबर
१५ भाद्र २०७८, मंगलवार १८:१६

भदौं, काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालले २ सय ३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको    छ ।

वाईसीयलको मंगलबार सम्पन्न राष्ट्रिय भेलाले २ सय ३१ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको हो ।

बैठकले पदाधिकारी चयन गर्ने गरी केन्द्रीय समितिका सदस्यहरु चयन गरिएको वाईसीयलका इन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशीखा’ले जानकारी दिए ।

उनका अनुसार, नयाँ केन्द्रिय समितिमा २३ जना भने पछि मनोनित हुनेछन् । वाईसियलको विधानमा १० प्रतिशत सदस्य पछि मनोनित गर्ने व्यवस्था गरिएकाले २३१ जनामध्ये २३ जना पछि मनोनित हुनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*