एकीकृत समाजवादीबाट सरकारमा पठाउने नेताहरूको नाम छनोटको तयारी

तामसालिङ खबर
१४ भाद्र २०७८, सोमबार ०८:०६

भदौं, काठमाण्डौ – माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले पार्टीबाट सरकारमा पठाउने नेताहरूको नाम छनोटको तयारी गरिरहेको छ ।

नेकपा (एकीकृत समाजवादी) ले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय सँगै यस्तो तयारी गरेको हो । प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार भएको भेटपछि मन्त्रिपरिषद् विस्तारको तयारी भएको छ ।

यसै क्रममा नेकपा (एकीकृत समाजवादी)ले पनि सरकारमा पठाउने नेताहरूको नाम छनोट तयारी गरेको हो । नेकपा (एकीकृत समाजवादी) ले ५ देखि ६ मन्त्रालय पाउने सम्भावना छ ।

सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच मन्त्रालय बाँडफाँटको अन्तिम टुंगो भने लागिसकेको छैन । छलफलबाट मन्त्रालय बाँडफाँटको टुंगो लगाइनेछ । नेता नेपालले नयाँ सरकार बनाउन सहयोग गरेका कारण उनको पार्टीलाई ६ वटासम्म मन्त्रालय दिन दाहाल र देउवा तयार भएका छन्। जनता समाजवादीसँग छलफल गरेपछि यसको अन्तिम टुंगो लाग्नेछ ।

नेकपा (एकीकृत समाजवादी) संसदीय दलको आइतबार बसेको पहिलो बैठकले दलको नेतामा नेपाललाई सर्वसम्मत चयन गरेको छ।
यो समाचार आजको नागरिक दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*