नेपालको एकीकृत समाजावदी पार्टी संसदको चौथो ठूलो दल

तामसालिङ खबर
१० भाद्र २०७८, बिहीबार ०६:३६

भदौं, काठमाण्डौ – नेकपा एमालेबाट बिभाजन भएर गएको पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले खोलेको नेकपा (एकीकृत समाजावदी) पार्टीले निर्वाचन आयोगबाट मान्यता पाए सँगै दल संघीय संसदको चौथो ठूलो दल भएको छ ।

केन्द्रीय कमिटी वा संसदीय दल मध्ये एकमा २० प्रतिशत भए मात्रै पनि दल विभाजन गर्न मिल्ने गरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश मार्फत् नयाँ दुई दल दर्ता भएका हुन् ।

माधवकुमार नेपाल अध्यक्ष रहने गरी नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर अध्यक्ष रहने गरी दर्ता भएको लोकतान्त्रिक समाजवादी पार्टीलाई बुधबार निर्वाचन आयोगले दल दर्ता प्रमाण पत्र दिइसकेको छ ।

एकीकृत समाजवादीमा संघीय संसदमा २९ जनाभन्दा धेरै सांसद छन् । प्रतिनिधि सभाका २२ र राष्ट्रिय सभाका ७ जनाले बुधबार आयोगमै उपस्थित भएर सनाखत गरेका थिए ।

तर यो संख्याभन्दा धेरै अध्यक्ष नेपालतर्फ लागेका छन् । पार्टीका वरिष्ठ नेता रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनाल भारतमा उपचार गराइरहेका छन् । उनले दिल्ली दूतावास मार्फत् बुधबार सनाखत पठाएका थिए ।

विभाजित भए पनि संसदमा ठूलो दल भने नेकपा एमाले नै भएको छ। एक सय २१ जना प्रतिनिधि सभा सदस्यमध्ये एमालेमा ९९ जना सांसद छन् । राष्ट्रिय सभातर्फ पनि एमालेतर्फ नै धेरै सांसद छन् ।

संसदमा दोस्रो ठूलो दल नेपाली कांग्रेस हो । कांग्रेसमा दुई जना निलम्बितबाहेक ६१ जना सांसद छन् । तेस्रो ठूलो दल भने नेकपा माओवादी केन्द्र हो । माओवादीमा ४८ जना सांसद छन् ।

चौथो ठूलो दल नेकपा (एकीकृत समाजवादी) मा २२ जना सांसद छन् । जनता समाजवादी पार्टी जसपा पाँचौं ठूलो दल बनेको छ। जसपामा ३४ जना प्रतिनिधि सभा सांसद थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*