मकवानपुरमा विद्यालय संचालनका लागि अध्ययन गर्न समिति गठन

तामसालिङ खबर
१० भाद्र २०७८, बिहीबार ०७:२०

भदौं, हेटौडा – निषेधाज्ञाको कारण मकवानपुरमा बन्द रहेका विद्यालय संचालनका लागि अध्ययन गर्न समिति गठन गरिएको छ ।

बुधबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले मकवानपुरको १० वटै स्थानीय तहमा विद्यालय संचालन गर्न अध्ययन समिति गठन गरेको हो ।

बैठकले शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख प्रेमराज खरेलको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा सम्बन्धित स्थानीय तहका शिक्षा शाखा प्रमुख, प्याब्सन/एनप्याब्सनका प्रतिनिधि र बालकल्याण समाज मकवानपुरका प्रतिनिधि सदस्य रहनेछन् ।

समितिले स्थलगत अध्ययन गरी जिल्ला कोभिड संकट व्यवस्थापन समितिमा भदौ १८ गतेभित्र प्रतिवेदन बुझाउने र सोही प्रतिवेदनका आधारमा विद्यालय संचालनबारे निर्णय लिने प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।

बिहिबार राति १२ बजेदेखि लागू हुने गरी आगामी भदौ २० गतेसम्म मकवानपुरमा निषेधाज्ञा थप गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*