सर्वोच्चले कुलमान र हितेन्द्रदेव नियुक्तिको सक्कल फाइल पेश गर्न आदेश

तामसालिङ खबर
९ भाद्र २०७८, बुधबार ०६:२९

भदौं, काठामाण्डौ – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्ति विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले सक्कल फाइल झिकाउन आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले कुलमान घिसिङ र हितेन्द्रदेव शाक्य दुवैको नियुक्तिको सक्कल फाइल तीन दिन भित्र पेश गर्न आदेश दिएको छ ।

शाक्यले आफूलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गर्ने सरकारी निर्णयलाई चुनौती दिँदै रित दायर गरेका थिए । शाक्यले आफ्नो नियुक्ति चार वर्षका लागि भएको भन्दै सरकारले बिचमै हटाउन नसक्ने र आफूलाई अन्यत्र पद सिर्जना गरी नियुक्त गर्न नमिल्ने जिकिर रिटमा गरेका छन् ।

साउन २४ गतेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो भने शाक्यलाई जल तथा उर्जा आयोगमा सरुवा गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*