अब बिना जानकारी बत्ती नकाटिने

तामसालिङ खबर
८ भाद्र २०७८, मंगलवार १०:१५

भदौं, काठमाडौं – लोडसेडिङको अन्त्य भए पनि बिना जानकारी बिजुली काटिने समस्या अझै पनि हट्न सकेको छैन । किन बिजुली काटियो भन्नेबारे नेपाल विद्युत् प्राधिकरणले सामान्य सूचना समेत दिन छाडेको छ ।

यस्तै, नयाँ बत्ती जडानका लागि मिटरसमेत पाउन छाडियो । नो लाइट नम्बरमा फोन गर्दा कर्मचारीको व्यवहार रूखो हुन थाल्यो । एकातिर फोन नउठ्ने, उठिहाले पनि कुनै जानकारी नदिने अवस्था देखिन थाल्यो ।

पछिल्लो १ वर्षमा आम उपभोक्ताले यस्ता समस्या भोग्दै आएका छन् । गुनासो गर्ने निकायले गुनासो सुन्दैन, आवश्यक परेका बेला विना जानकारी बिजुली काटिन्छ । समस्या बढ्दै गएपछि त्यसलाई समाधान गर्न प्राधिकरणले पहल थालेको छ ।

प्राधिकरणमा कार्यकारी निर्देशकका रूपमा पुनः नियुक्ति भएर आएपछि कुलमान घिसिङले उपभोक्ता भनेका देवता समान रहेको भन्दै समस्या समाधानका लागि पहल थालेका छन् ।

विद्युत् आपूर्तिलाई नियमित, भरपर्दो, गुणस्तरीय बनाउन, चुहावट नियन्त्रण गर्न, विद्युतीकरण गर्न, वित्तीय अनुशासन कायम गर्न र आफ्नो सेवा प्रवाहलाई प्रभावकारी बनाउन पहल थालिएको प्राधिकरणले जानकारी दिएको छ । आजको आर्थिक अभियान दैनिकमा छापिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*