आज भारी वर्षा हुने सम्भावना

तामसालिङ खबर
८ भाद्र २०७८, मंगलवार ०९:५३

भदौं, काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भाग भन्दा केही दक्षिण तिर रहेको छ ।

महाशाखाका अनुसार, देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशहरूका थोरै स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ।

आज देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन मौसम पूर्वानुमान महाशाखाको सबैलाई आग्रह गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*