राक्सीराङका यी युवा पुन:माओबादी केन्द्रमै फर्किए

तामसालिङ खबर
७ भाद्र २०७८, सोमबार २०:१६

भदौं, हेटौडा – राक्सिराङ गाउपालिकाका दश जना युवाहरु पुन: माओवादी केन्द्र मै फर्किएका छन् ।

सोमबार जारी प्रेस बिज्ञप्तिमा राक्सिराङ ६ नम्बर वडाका शुभराज चेपाङ्ग, सुमनलाल चेपाङ्ग र बुद्धिबहादुर चेपाङ्ग लगायत ७ जना माओवादी केन्द्र मै रहेको राक्सीराङ इन्चार्ज बनस्तम थिङ्गले बताउनु भयो ।

गत भदौ ३ गते कामको सिलसिलामा राक्सिराङ गाउपालिका चैनपुरमा पुग्दा नेपाली कांग्रेसका अगुवा कार्यकर्ताले जबर्जस्ति हाम्रो भावना विचार बिपरित पार्टी प्रवेश गराइएकोमा खेद प्रकट गर्दै माओवादी केन्द्र मै रहेको बिज्ञप्तिमा उल्लेख छ ।

आगामी दिनमा अनेक जालझेल र प्रलोभनमा पारि कथित पार्टी प्रवेश कार्यक्रममा अरुको विचार र आस्था माथि जबर्जस्ति प्रहार नगर्न बिज्ञप्ति मार्फत अपिल गरेको छ ।

भेटघाटमा पार्टीको केन्द्रिय सदस्य एवम् मकवानपुर इन्चार्ज कुमारी मोक्तान, जिल्ला अध्यक्ष प्रेमबहादुर पुलामी (छिन्तु), प्रदेश कमिटि सदस्य ओमबहादुर ग्लान, बीरबहादुर घलान (ज्वाला), पार्टीको प्रचारप्रसार बिभाग प्रमुख कमान सिं पाख्रिन, जिल्ला सचिवालय सदस्य एवम् राक्सीराङ इन्चार्ज बनस्तम थिङ्ग, वाइसिएल केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज सुमन पाख्रिन लगायतको सहभागी रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*