बागमती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त

तामसालिङ खबर
४ भाद्र २०७८, शुक्रबार १८:३३

भदौं, हेटौडा – बागमती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई शुक्रबार प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।

नवनियुक्त प्रदेश प्रमुख शर्मा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा स्वकीय सचिव थिए । अहिले उनकै प्रस्तावमा प्रदेश प्रमुख नियुक्त गरिएको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*