कैलाशमा वाइसिएल भेला सम्पन्न, मिलन गुरुङको नेतृत्वमा ३५ सदस्यीय कमिटि गठन

तामसालिङ खबर
७ भाद्र २०७८, सोमबार १०:४५

भदौं, हेटौडा (कैलाश) – मकवानपुरको कैलाश गाउपालिकामा योङ्ग कम्युनिष्ट लिग नेपाल (वाइसिएल) को गाउपालिका कमिटि भेला आइतबार सम्पन्न भएको छ। गाउपालिका भेलाले मिलन गुरुङ्गको अध्यक्षतामा ३५ सदस्यीय नया कमिटि चयन गरिएको हो ।

कमिटिको उपाध्यक्षमा रन्जन सापकोटा, सजेस आलेमगर, सचिवमा अरुण बरुवाल, सह-सचिबमा रबिन्द्र सिन्तान, कबेस प्रजा, ईमान थिङ्ग, विकास थिङ र नमराज ओझा लगायतका चयन भएको कैलाश इन्चार्ज बालकुमार मल्लले बताउनु भयो।

पार्टीको केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यता तथा जिल्ला अध्यक्ष प्रेम बहादुर पुलामी (छिन्तु) को बिशेष आतिथ्यतामा भएको भेला आयोजक कमिटिको संयोजक जनक लोप्चनको सभाध्यक्षतामा भएको हो ।

त्यस्तै, बागमती प्रदेश कमिटि सदस्य ओमबहादुर ग्लान, ललित घलान, वीर बहादुर घलान (ज्वाला), पार्टी सचिवालय सदस्य तथा कैलाश गाउपालिका इन्चार्ज बालकुमार मल्ल, वाइसीएल केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज सुमन पाख्रिन , कैलाश गाउपालिका अध्यक्ष टंक मोक्तन, जिल्ला कमिटी सदस्य नरेन्द्र रिजाल, जयराम रायमाझी, ठाकुर सिङ थिङ, लिलाकुमार घलान, वाइसीएल केन्द्रीय सदस्य अनिता स्याङ्बो, जिल्ला अध्यक्ष राज कुमार मोक्तान, गाउँपालिका पार्टी अध्यक्ष लालसिं गुरुङ लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*