हेलिकप्टर मार्फत गर्भवतीको उद्धार

तामसालिङ खबर
७ भाद्र २०७८, सोमबार ०७:३३

भदौं, सिन्धुपाल्चोक – पाँचपोखरी थाङ्पाल गाउँपालिका– ३ भोताङकी एक गर्भवतीलाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

दुई दिनदेखि भर्ना गरिएकी २२ वर्षीया लक्ष्मी तामाङलाई स्थानीय स्वास्थ्यचौकीबाट सुत्केरी गराउन नसकेपछि हेलिकप्टरद्वारा काठमाडौँ पठाइएको वडा नं ३ का अध्यक्ष ङिमा छिरिङ तामाङले बताए ।

पाठेघरको मुख पूरै खुलिसक्दा पनि सुत्केरी हुन नसेकेपछि हेलिकप्टरमार्फत उद्धार गरिएको स्वास्थ्यचौकी प्रमुख मिखायलले जानकारी दिए । सरकारले दुर्गम तथा पिछडिएका क्षेत्रमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सुत्केरी महिलाका लागि हेलिकप्टरमार्फत उद्धार उनलाई उद्धार गरिएको हो ।

अविरल वर्षाले सडकमा पनि क्षति पुर्‍याएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको बताइएको छ । सिन्धुपाल्चोकका हेलम्बु, पाँचपोखरी र जुगल गाउँपालिका राष्ट्रपति महिला उत्थान कार्यक्रममा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*