मेरिना जिम्बाको ‘स्याटरडे’ बजारमा (भिडियो)

तामसालिङ खबर
६ भाद्र २०७८, आईतवार १४:१४

भदौं, काठमाडौँ – पाँच बर्षिया गायिका मेरिना जिम्बाले गाएकी ‘स्याटरडे’ बोलको गीत बजारमा आएको छ । सेवा फिल्मसबाट बजारमा ल्याएको उक्त गीतमा कर्साङ लामाले संगीत संयोजन गरेको उक्त गीतलाई बाबु जिम्बाले शब्द र संगीत गरेका हुन भने भिडियोलाई निर्देशन समेत गरेका छन् ।

मेरिना बाबु जिम्बाकी छोरी हुन । लकडाउन र कोरोना महामारिमा बालबालिकालाई मनोरन्जन दिलाउने हेतुले गीत बजारमा ल्याएको बाबु जिम्बाले बताए ।

भिडियोमा रिहाना वाइबा र मेरिना जिम्बालाई प्रमुख भूमिकामा देख्न सकिन्छ । रिहाना ८ बर्षिय बालिका हुन् । आदम घिसिङले कोरियोग्राफी गरेको भिडियोलाई आशिष जिम्बाले छायांकन गरेका हुन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*