गढीमा तरकारी खरिद तथा बिक्री केन्द्रको उद्घाटन

तामसालिङ खबर
६ भाद्र २०७८, आईतवार ०६:३०

भदौ, हेटौंडा (मकवानपुर गढी) – मकवानपुरगढी गाउँपालिकामा तरकारी तथा फलफुल खरिद तथा बिक्रि केन्द्रको उद्घाटन गरिएको छ ।

कुर्ले कृषि सहकारी संस्था लिमिटेडले अनाज तरकारि तथा फलफुल खरिद तथा बिक्रि केन्द्र संचालनमा ल्याएको हो । शनिबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष बिदुर हुमागाईंले उक्त केन्द्रको उद्घाटन गरेका हुन् ।

आउँदो दिनहरुमा किसानले सहकारी मार्फत आफुले उत्पादन गरेको तरकारी तथा फलफुलले उचित मूल्य पाउने गाउपालिका अध्यक्ष हुमागाईंले बताए । किसानसंग जोडिएका महत्वपूर्ण कामहरु अघि बढाईरहेको बताउँदै किसानलाई उत्पादनमा जोड दिन उनले आग्रह गरे ।

किसानले उत्पादन गरेको तरकारि तथा फलफुल सहकारीले बजार मूल्यमा खरिद गर्ने र बिक्री गर्ने गरि सहकारीले काम गर्न सुरु गरेको संस्थाका अध्यक्ष कृष्ण प्रसाद हुमागाईंले जानकारी दिए ।

कार्यक्रममा गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरी, सहकारीका पदाधिकारी लगायत किसानहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*