लिच्छविकालपछि ओलीको समय नेपाल स्वर्ण युग हो – महेश बस्नेत

तामसालिङ खबर
४ भाद्र २०७८, शुक्रबार ०७:३६

भदौं, काठमाडौं – नेकपा एमालेका नेता महेश बस्नेतले विकासको हिसावले लिच्छविकालपछि केपी शर्मा ओलीको प्रधानमन्त्रीको काल स्वर्ण युग रहेको दावी गर्नुभएको   छ ।

बिहीबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले ओलीले भक्तपुरको विकासका लागि ४ वर्षमा २० अर्बको बजेट पठाएको भन्दै द्रुत गतिमा काम बताउनुभयो । भूकम्पपछि पुनर्निर्माण सकिएको, सम्पदा क्षेत्रमा सडकमा ढुङ्गा छाप्ने काम भएको लगायतका विकासका फेहरिस्त प्रस्तुत गर्नुभयो ।

उहाँले सभामुख अग्नि सापकोटालाई केपी ओलीले बनाएको सभामुख भन्दै सांसदलाई कारवाही गरेको सूचना छिटो निकाल्न आग्रह गर्नुभयो ।

जनता समाजवादीले सरिता गिरीलाई कारवाहीका लागि सूचना निकाल्दा १२ घण्टाभित्र सूचना निकालेको, माओवादीका टोपबहादुर लगायतका सांसदहरुलाई कारवाही गर्दा २४ घण्टामा सूचना निकालेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*