मकवानपुरका तीन जना नेता एमाले समाजवादीको केन्द्रिय सदस्य

तामसालिङ खबर
३ भाद्र २०७८, बिहीबार ०८:२६

भदौ, हेटौडा – नेता माधवकुमार नेपाल पक्षको एमाले समाजवादी पार्टीमा मकवानपुरका तीन जना नेता केन्द्रिय सदस्य भएका छन । बिरोध खतिवडा, मुनु सिग्देल र गोमा विष्ट केन्द्रिय सदस्य भएका हुन ।

माधव कुमार नेपाल अध्यक्ष रहने गरी नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिइएको छ । सरकारले दल विभाजनलाई सहज हुने गरी अध्यादेश ल्याएपछि बुधबार आयोग पुगेका माधव कुमार नेपाल सहितका नेताहरुले नयाँ दल दर्ताका लागि ९५ जनाको हस्ताक्षरसहित निवेदन दिएका छन् ।

मकवानपरबाट केन्द्रिय सदस्य हुनेमध्ये विरोध खतिवडा प्रतिनिधि सभा सदस्य हुन । उनी माधव नेपाल समुहको बलियो नेताका रुपमा छन । मुन सिग्देल तत्कालीन नेकपा एमालेको निर्वाचित जिल्ला अध्यक्ष तथा बागमती प्रदेश सभा सदस्य हुन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*