बागमती प्रदेशमा ४५ सय जना दुग्ध उत्पादक कृषकले लिए अनुदान

तामसालिङ खबर
२ भाद्र २०७८, बुधबार १४:०१

भदौ, हेटौडा – बागमती प्रदेशमा उत्पादनमा आधारित अनुदान कार्यक्रम अन्तर्गत दुग्ध उत्पादक कृषकहरुलाई १५ करोड १६ लाख २२ हजार रुपैयाँ वितरण गरेको छ ।

प्रदेशका १३ जिल्लाका ४ हजार ५ सय जना दुग्ध उत्पादक कृषकहरु प्रति लिटर दुग्ध उत्पादन वापत २ रुपैयाँका दरले अनुदान रकम वितरण गरेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेश हेटौंडाले जनाएको छ ।

दुग्ध उत्पादक कृषकहरुलाई सहकारीमा आवद्ध गराएर उनीहरुलाई उत्पादनका आधारमा अनुदान रकम उपलब्ध गराइएको हो । बागमती प्रदेशका १ सय ७९ वटा सहकारी मार्फत कृषकहरुलाई दुग्ध उत्पादन वापतको अनुदान रकम उपलब्ध गराइएको मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले बताए ।

त्यस्तै मन्त्रालयले दुग्ध उत्पादक कृषकहरूको उत्पादनलाई खेर जान नदिन प्रदेशको राजधानीमा दुग्ध पाउडर प्लाण्टको समेत स्थापना सुरु गरको अधिकारीले बताए ।

उनका अनुसार गत २०७७ पुस १६ गते उक्त दुग्ध पाउडर प्लाण्टको स्थापनाको लागि मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरेका थिए । हाल सो दुग्ध पाउडर प्लाण्ट निर्माणको काम जारी रहेको छ ।

त्यस्तै मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत ब्लक विकास कार्यक्रम संचालन गरेको छ । सो कार्यक्रम मन्त्रालयको प्रभावकारी कार्यक्रम मध्येको एक कार्यक्रम भएको अधिकारीले बताए ।

उक्त कार्यक्रम अन्तर्गत प्रदेशका १३ जिल्लामा तरकारीका ३९ वटा, आलुका १३ वटा, धानका ६ वटा, मकै १७ वटा, धान, गहुँ, केरा र भैसी पालनको १÷१ वटा, गाई पालन, च्याउ खेती, अदुवा÷बेसारका २÷२ वटा, सुन्तला, किवीका ४/४ वटा र बाख्रा पालन, कफी खेती, स्याउ खेतीका ३/३ वटा गरी कुल १ सय ३ वटा ब्लक संचालनमा रहेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*