सागमा स्वर्ण पदक विजेता राईको कोरोनाबाट निधन

तामसालिङ खबर
२ भाद्र २०७८, बुधबार १७:०३

भदौ, काठमाण्डौ – दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)का स्वर्ण पदक धारी कृष्णबहादुर राईको कोरोना भाइरसको सङ्क्रमणबाट निधन भएको छ ।

नेपालमा सम्पन्न आठौँ सागमा कराँतेमा स्वर्ण पदक जित्नुभएका कराँते खेलाडी राईको बुधबार नेपाल प्रहरी अस्पतालमा निधन भएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।

कोरोनाबाट सङ्क्रमित ५३ वर्षीय राईलाई साताअघि उपचारका लागि प्रहरी अस्पताल भर्ना गरिएको थियो । राईले आठौँ सागमा टिम कातातर्फ नेपाललाई स्वर्ण पदक दिलाउनुभएको थियो ।

उनले विसं २०५५ मा बाँकेको नेपालगञ्जमा भएको चौथो राष्ट्रिय खेलकुदमा एकल कातातर्फ समेत स्वर्ण पदक जितेका थिए । उनका श्रीमती र एक छोरा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*