मनहरी गाउपालिकामा रहेको क्षयरोगीलाई खाद्यान्न सहयोग

तामसालिङ खबर
२ भाद्र २०७८, बुधबार ०७:२०

भदौ, हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरी गाउपालिकामा रहेका क्षयरोगीहरुलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । मंगलबार मनहरी अस्पतालमा एक कार्यक्रमको आयोजना गरि १३ जना क्षयरोगीहरुलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।

श्रावन महिना यता क्षयरोग पहिचान भएका गरिब तथा विपन्न वर्गका रोगीहरुलाई विराट नेपाल मेडिकल ट्रष्टले सहयोग हस्तन्तरण गरिएको हो । सस्थाले ६ महिना सम्म लगातार रुपमा चामल, दल, तेल, सोयाविन, अण्डा, बदाम लगाएतका खाद्य सामाग्री सहयोग गरिने सस्थाका कार्यक्रम संयोजक भोला राईले जानकारी दिनु भयो ।

त्यस्तै, मनहरी अस्पताल र महिला स्वास्थ्य स्वायम सेविकालाई पनि स्वास्थ्या सामाग्री हस्तान्तरण गरिएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा मनहरी अस्पताल विकास समितिका अध्यक्ष ठाकु्र तितुङ, मनहरी गाँउपालिकाका स्वास्थ्य संयोजक टिकाराम अधिकारी, मनहरी अस्पतालका मेडिकल अफिसर अञ्जन थापा, लगायतको उपस्थीती रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*