माधब नेपाल सहित १४ जनालाई पदमुक्त गर्न एमालेको पत्र

तामसालिङ खबर
१ भाद्र २०७८, मंगलवार १७:४८

भदौ, काठमाण्डौ – नेकपा एमालेले नेता माधवकुमार नेपाल सहित प्रतिनिधिसभाका १४ सांसदलाई कारवाही गरेको छ ।

एमालेले १४ सांसलाई कार्वाही गरेको सूचना संसद सचिवालयलाई दिएको छ । मंगलबार नै निर्वाचन आयोगमा समेत कार्वाही गरीएका सांसदबारे जानकारी गराइने एमाले स्रोतले बतायो ।

यी हुन्, कारवाहीमा पर्ने सांसदहरु :
१. माधव नेपाल
२. जीवनराम श्रेष्ठ
३. मुकुन्द न्यौपाने
४. रामकुमारी झाँक्री
५. कल्याणी खड्का
६. लक्ष्मीकुमारी चौधरी
७. निरादेवी जैरु
८. पुष्पाकुमारी कर्ण
९. सरला यादव
१०. कलिला खातुन
११. विरोध खतिवडा
१२. कृष्णलाल महर्जन
१३. भवानी खापुङ
१४. मेटमणी चौधरी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*