मंगलबारबाट मकवानपुरमा थप भएको निषेधाज्ञा खुकुलो

तामसालिङ खबर
१ भाद्र २०७८, मंगलवार ११:४३

भदौ, हेटौडा – मकवानपुरमा तीन महिना देखि जारी निषेधाज्ञा मंगलबारबाट निकै खुकुलो भएको छ । जिल्ला प्रशासन कार्यलय मकवानपुरको जिल्लो कोभिड १९ संकट व्यवस्थापनले जारी निषेधाज्ञालाई मंगलबारबाट निकै खुकुलो गरेको छ ।

थप भएको निषेधाज्ञा भदौ १० गते राति १२ बजे सम्म जारी गरिएको छ । आजबाट खुकुलो गरिएको निषेधाज्ञा पसल खोल्ने समय बढाईएको छ ।

थपिएको निषेधाज्ञामा अत्यावश्यक उपभोग्य बस्तु खाद्यान्य, मान्छा,मासु, तरकारी, फलफुल, दुध, पानि अण्डा पसलहरु बिहान ५ बजे देखी बिहान ११ बजे सम्म खोल्न पाईने र गरै खाद्यान्य तथा अन्य पसलहरु दिउँसो १० बजे देखी बेलुका ५ बजे सम्म खोल्न पाईने प्रशासनले जनाएको छ ।

यसअघि प्रशासनले अत्यावश्यक उपभोग्य बस्तु खाद्यान्य, मान्छा,मासु, तरकारी, फलफुल, दुध, पानि अण्डा पसलहरु बिहान ५ बजे देखी बिहान १० बजे सम्म खोल्न र गरैखाद्यान्य तथा अन्य पसलहरु दिउँसो १२ बजे देखी बेलुका ४ बजे सम्म संचालन गर्न दिएको थियो ।

यसैगरि प्रशासनले जिल्ला भित्र चल्ने निजि तथा सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली निरन्तरता दिएको छ । बैंक तथा वित्तिय सहकारी लगाएतका संस्थाहरुलाई बिहान १० बजेबाट २ बजेसम्म संचालन गर्न अनुमति दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*