राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालनमा ल्याउने तयारी

तामसालिङ खबर
१ भाद्र २०७८, मंगलवार ०९:०९

भदौ, काठमाण्डौ – मुलुकको राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा सम्बन्धमा आवश्यक नीति एवम् रणनीति तर्जुमा गर्न सक्षम जनशक्ति तयार गर्ने उद्देश्यसहित निर्माण गर्न लागिएको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (एनडीयू)को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ ।

काभ्रेको पनौतीमा सञ्चालन हुने सो विश्वविद्यालय सञ्चालन गर्ने सिलसिलामा तयार पारिएको विधेयकको मस्यौदा तयार भइसकेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोषबल्लभ पौड्यालले विश्व विद्यालयको सङ्काय (फ्याकल्टी) तथा अध्ययन अध्यापनको विषय छनोट गरी आवश्यक पाठ्यक्रम विकाससमेत सुरु भइसकेको बताए ।

आवश्यक पाठ्यक्रम विकासका लागि विभिन्न विषयका चारजना विज्ञ करारमा भर्ना गरी काम अगाडि बढाइएको छ भने थप सातजना विज्ञ करारमा लिनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।

उनले आर्थिक वर्ष २०८०/२०८१ भित्रमा विश्वविद्यालय सञ्चालनमा ल्याई पहिलो तालिम सुरु गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिइएको बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*