वाईसिएल मनहरीद्धारा हात्तीले घर क्षति पुर्याएको पिडितहरुलाई खाद्यान्न सहयोग

तामसालिङ खबर
१ भाद्र २०७८, मंगलवार ०८:००

भदौ, हेटौडा (मनहरी) – मकवानपुरको मनहरी गाउपालिका वडा नम्बर ९ ज्यामिरेको ड्याम साईटमा केहि दिन अघि जंगली हात्तीले घर क्षति पुर्याएको पिडितहरुलाई खाद्यन्न सामाग्री सहयोग गरिएको छ ।

योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) नेपाल मनहरी गाँउ कमिटीले पिडित ६ घर परिबारलाई चामल दाल लगाएतका खाद्य सामाग्री सहयोग गरिएको वाइसिएल मनहरीका नेता इश्वर थापाले थापाले जानकारी दिनु भयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा नेकपा माओबादी केन्द्र बागमति प्रदेश कमिटी सदस्य बिर बहादु्र घलान ज्वाला, स्थानिय नेता ईश्वर थापा, नेकपा माओबादी केन्द्र ९ नम्बर वडा कमिटीका अध्यक्ष सोलाल गोले लगाएतकाको उपस्थीती रहेको थियो ।

पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट पटक-पटक मानब बस्तिमा जंगली जनवार प्रवेश गरि दुख दिई रहदा पनि सम्बन्धित निकाय मौन हुदै आईरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*