अझै केही दिन मन्त्रिपरिषद् विस्तार नहुने

तामसालिङ खबर
१ भाद्र २०७८, मंगलवार ०५:१९

साउन, काठमाण्डौ – सरकारले अझै केही दिन पूर्णता नपाउने देखिएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको एक महिना नाघिसक्दा पनि मन्त्रिपरिषद् ६ सदस्यमा सीमित छ । असार २९ गते सरकार नेतृत्व सम्हालेका देउवाले सोही दिन ४ जना मन्त्री बनाएका थिए ।

त्यसको दुई हप्तापछि एक जना राज्यमन्त्री थपे । त्यसयता मन्त्रिपरिषद् विस्तारको विषय प्रधानमन्त्री देउवाको प्राथमिकतामा पर्न सकेको छैन । साउन २४ गतेपछि सत्ता साझेदार दलहरू माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेतासँग प्रधानमन्त्रीको छलफल पनि रोकिएको छ । २–३ दिनको बीचमा गठबन्धनका शीर्ष नेताबीच छलफल हुने गरे पनि ८ दिन यता छलफल समेत भएको छैन ।

गठबन्धनका नेताहरू सरकारलाई पूर्णता दिने भन्दा आ-आफ्नो पार्टीका केन्द्रीय कमिटी बैठकतिर व्यस्त देखिन्छन् । प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवा बिहीबार, शुक्रबार र शनिबार केन्द्रीय कमिटी बैठकमा रुमलिए ।

काँग्रेसको तीन दिने केन्द्रीय समिति बैठक शनिबार सकिए पनि प्रधानमन्त्री देउवामा प्राथमिकतामा मन्त्रिपरिषद् विस्तारको विषय पर्न सकेको छैन । यता शनिबार र आइतबार माओवादी केन्द्रले पनि केन्द्रीय कमिटी बैठक सम्पन्न गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*