अनेरास्ववियू (क्रान्तिकारी) को प्रथम सम्मेलन बागमती गाउपालिकामा सम्पन्न, अध्यक्षमा निकास भोलन चयन

तामसालिङ खबर
३२ श्रावण २०७८, सोमबार ०८:००

साउन, हेटौडा (बागमती) – पुर्बी मकवानपुरको बागमती गाउपालिकामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को गाउँपालिका स्तरीय प्रथम सम्मेलन सम्पन्न भएको छ l बागमती गाउँपालिका वडा नम्बर ८ स्थित जनता माध्यमिक बिद्यालयको सभा हलमा शनिबार सम्मेलन भएको हो l

अखिल क्रान्तिकारी मकवानपुरको जिल्ला सम्मेलन आयोजक समिति सदस्य रोजल तामाङको सभाध्यक्षतामा भएको उक्त सम्मेलनबाट बागमती गाउँपालिकाको अध्यक्षमा निकास भोलन चयन भएका छन् l त्यसैगरी उपाध्यक्षमा मदन घोरासाईनी ,सचिवमा अश्राम थिङ, कोषध्यक्षमा अजिना माझी सर्व-सहमत चयन भएको छन् ।

सम्मेलनमा प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य तथा माओवादी केन्द्र मकवानपुरको अध्यक्ष प्रेमबहादुर पुलामी, विशिष्ट अतिथिमा बागमती गाउँपालिकाको अध्यक्ष सर्केश घलान रहेको छ ।

त्यस्तै, अखिल क्रान्तिकारी बागमती प्रदेशको सह-संयोजक प्रदिप अर्याल, माओवादी केन्द्र मकवानपुरको सचिवालय सदस्य ज्ञान सागर लामा, बागमती गाउँपालिकाको पार्टी अध्यक्ष अरुण बल, वडा नम्बर ४ को वडा अध्यक्ष रहरमान थिङ, अखिल क्रान्तिकारी जिल्ला सम्मेलन आयोजक समिति संयोजक आकाश पाख्रिन र शिक्षक महासंघ बागमती गाउपालिकाको अध्यक्ष वसन्त राई लगायतको आतिथ्यता रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*