पेट्रोल पम्पमा कार्यरत प्रहरी सहायक निरीक्षकको कमाई एक करोड

तामसालिङ खबर
३२ श्रावण २०७८, सोमबार ०८:३३

साउन, काठमाण्डौ – प्रहरी कल्याण कोषले सञ्चालन गरेको पेट्रोल पम्पमा कार्यरत प्रहरी सहायक निरीक्षकले गैरकानूनी रूपमा रु एक करोड तीन लाख ९७ हजार ९३७ बराबरको कमाई गरेको पाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा दायर गरेको मुद्दाअनुसार प्रहरी कल्याण कोषमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलीप कार्कीले बिक्री भएको तेलको वास्तविक रकम दाखिला नगरी भ्रष्टाचार गरेको पाइएको छ ।

पेट्रोलपम्पमा पदीय हिसाबले कार्यरत रहँदा हानि नोक्सानी गरेको सप्रमाण पुष्टि भएको आयोगका सहायक प्रवक्ता बेदप्रसाद भण्डारीले जानकारी दिए । आयोगले बिगो असुल गरी हदै सम्मको कारबाहीको माग गरी आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*