गढी दरबार क्षेत्रमा नेपाल तरुण दल मकवानपुरले गर्यो सरसफाइ

तामसालिङ खबर
३१ श्रावण २०७८, आईतवार ०६:२०

साउन, हेटौडा (मकवानपुर गढि) – मकवानपुरगढी गाउँपालिकामा रहेको ऐतिहासिक मकवानपुरगढीलाई नेपाल तरुण दल मकवानपुरले सरसफाइ गरेको छ ।

नेपाली कांग्रेस मकवानपुरका पार्टी सचिव बुद्ध लामाको प्रमुख आतिथ्यतामा नेपाल तरुण दल गाउँपालिकाकाको आयोजनामा दरवार परिसरमा सरसफाइ गरिएको हो ।

पर्यटकीय गन्तव्यको रुपमा विकास भएको ऐतिहासिक मकवानपुरगढी दरवार परिसर झाडी र बन्सो घासले कुरूप भएको भन्दै नेपाल तरुण दलले परिसरमा घाँस काट्ने र सरसफाइ गर्ने कार्य गरेको नेपाल तरुण दल गढीका अध्यक्ष सानोकान्छा थिङले जानकारी दिनुभयो ।

सरसफाइ कार्यक्रममा नेपाल तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, नेपाली कांग्रेस क्षेत्र नम्बर २ का संघीय सभापति यतिराज सापकोटा, नेपाली कांग्रेस हेटौंडा नगर सभापति आनन्दराम पराजुली, मकवानपुरगढी २ का वडा अध्यक्ष बखान सिं पाख्रिन लगायत तरुण नेता कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*