राक्सिराङमा भिडियो एक्सरेको सेवा शुरु

तामसालिङ खबर
३० श्रावण २०७८, शनिबार ०५:२२

साउन, राक्सिराङ – मकवानपुरको राक्सिराङ गाउँपालिका मै पहिलोपटक भिडियो एक्सरे सेवा सुरु गरिएको छ । ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम अन्तर्गत गाउँपालिकाले बजेट ब्यवस्था गरे सँगै राक्सिराङ ५ ठाडेचुरीमा रहेको राक्सिराङ अस्पतालमा भिडियो एक्सरे सेवा सुचारु गरिएको हो ।

भिडियो एक्सरे सेवा बिहिबारबाट नियमित रुपमा सुचारु गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक बिजय कापरीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाका गर्भवती महिलाहरुले निशुल्क रुपमा भिडियो एक्सरे सेवा प्राप्त गर्न सक्नेछन ।

राक्सिराङ अस्पतालका अलावा खैराङ, सरिखेत र काँकडास्थित स्वास्थ्य चौकीमा समेत महिनाको एकपटक सो सेवा सञ्चालन गरिने कापरीले बताउनुभयो । गाउँपालिकामै निःशुल्क अल्ट्रा साउण्डको व्यवस्था गरेपछि गर्भवतीहरुलाई ठूलो राहत पुगेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो ।

यहाँका चेपाङ तामाङ लगायत पिछडिएका समुदायमा गर्भवति समयमा समेत स्वास्थ्य जाँच गराउने चलन नहुनाले बच्चा र आमाको समेत ज्यान जोखिममा पर्ने गरेको छ ।

अब गाँउमै भिडियो एक्सरेसहितको सेवा आएपछि त्यस्तो जोखिन कम हुने अध्यक्ष मल्लको भनाई छ । अल्ट्रा साउण्ड सम्बन्धी तीन महिनाको तालिम लिएर आएका स्वास्थ्यकर्मी परिचालन गरी सो सेवा सुचारु गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*