लुम्बिनी प्रदेशका मुख्यमन्त्री पाेख्रेलले दिए राजिनामा

तामसालिङ खबर
२७ श्रावण २०७८, बुधबार १८:०५

साउन, बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । पाेखरेलकाे राजिनामा सँगै नयाँ मुख्यमन्त्री चयनका लागि प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेका छन् । प्रदेश प्रमुख शेरचनले साउन २८ गते दिउँसो ३ बजेसम्म मुख्यमन्त्रीको दावी गर्न आह्वान गरेका हुन् ।

बुधबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्तावमा प्रदेश सभामा छलफल हुँने कार्यसूची थियो । स्पष्ट अल्पमतमा परिसकेका पोखरेलले अविश्वास प्रस्तावको सामना गर्नुपूर्व नै प्रदेश प्रमुख अमिक शेरचनसमक्ष राजीनामा बुझाएका थिए । पाेखरेलकाे राजिनामा प्रदेश प्रमुख शेरचनले स्वीकृत गरी अर्काे मुख्यमन्त्री चयन नभएसम्मकाे लागि पाेखरेललाई नै मुख्यान्त्रीकाे जिम्मेवारी दिएका छन् ।

विपक्षी दलहरूले माओवादी केन्द्रका सांसद कुलप्रसाद केसीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । पोखरेलको बहिगर्मनपछि यो प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रकै नेता कुलप्रसाद केसी बन्ने पक्का छ ।

प्रदेशका हालका प्रदेश प्रमुख पनि माओवादी केन्द्रकै हुन्। देउवा नेतृत्वको सरकारले दुईसाता अघिमात्रै शेरचनलाई प्रदेश प्रमुख नियुक्त गरेको थियो । त्यस्तै लुम्बिनी प्रदेशका सभामुख पनि नेकपा माओवादीकै पूर्णबहादुर घर्ती छन् ।

लुम्बिनी प्रदेशमा अब संविधानको धारा १६८ को उपधारा २ बमोजिमको बहुमतको सरकार गठन हुनेछ । यसमा दुई वा दुईभन्दा धेरै दलको समर्थनमा सरकार बन्न सक्नेछ । नयाँ मुख्यमन्त्रीका लागि अहिलेको विपक्षी गठबन्धनबाट कुलप्रसाद केसीले दावी गर्नेछन् । उनी माओवादी केन्द्र संसदीय दलका नेता हुन् । शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दा केसीको नाम मुख्यमन्त्रीमा सिफारिस भएको थियाे ।

केसी पूर्वमन्त्री भइसकेका व्यक्ति हुन् । उनको पक्षमा अहिले ४१ सांसद देखिएका छन् । कांग्रेस, माओवादी, जनता समाजवादी र जनमोर्चाको साथ उनले पाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*