मकवानपुरमा मंगलबार ४५ जनामा कोरोना पुष्टी

तामसालिङ खबर
२६ श्रावण २०७८, मंगलवार १६:३७

साउन, हेटौंडा – मकवानपुरमा पछिल्लो २४ घण्टामा ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार १ सय १४ जनाको पिसिआर र १ सय २१ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः २९ जना र १६ जना गरी थप ४५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप ९० जनाले कोरोना जितेका छन् । जिल्लामा हालसम्म संक्रमण पुष्टि भएकामा ९१ प्रतिशतले कोरोना जितेका छन् ।

जिल्लामा पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । यो संगै जिल्लामा हालसम्म मृत्यु हुनेमा १ सय ५० पुगेको छ । जिल्लाम हाल १ हजार ९ जना सक्रिय सक्रमित उपचाररत रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*