प्रदेश युवा परिषदले अन्तराष्ट्रिय युवा दिवसको अवसरमा सप्ताहब्यापी कार्यक्रम गर्ने

तामसालिङ खबर
२५ श्रावण २०७८, सोमबार ०५:५३

साउन, हेटौँडा – प्रदेश युवा परिषद बागमती प्रदेशले अन्तराष्ट्रिय युवा दिवसको अवसरमा सप्ताहब्यापी कार्यक्रम गर्ने भएको छ ।

प्रदेश युवा परिषद कार्यालयमा आइतबार पत्रकार सम्मेलन गरि प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले सप्ताहब्यापी कार्यक्रमको जानकारी दिएका हुन् ।

सप्ताहाब्यापी कार्यक्रम अन्तर्गत श्रावण २८ गते प्रदेश युवा परिषदको कार्यालयको औपचारिक उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलद्वारा हुने छ ।

कार्यक्रमको दोश्रो दिन श्रावण २९ गते जिल्ला युवा समितिको समन्वयमा रक्तदान कार्यक्रम, ३० गते जिल्ला खेलकुद विकास समितिको समन्वयमा ५ किलोमिटर खुल्ला दौड, ३१ गते वालकल्याण समाजको समन्वयमा कोभिड–१९ संक्रमणको परिवेषमा बालबालिकालाई बालश्रमबाट जोगाउन ज्ञापनपत्र बुझाउने कार्यक्रम हुनेछ ।

सप्ताहाब्यापी कार्यक्रम अन्तर्गत भदौ १ गते शिक्षाको लागि राष्ट्रिय अभियानको समन्वयमा अन्तरक्रिया, सोहि दिन हेटौँडा लेडी जेसिजको समन्वयमा ‘खाद्य प्रणालीमा रुपान्तरण, मानव र भुमण्डलीय स्वास्थ्यको लागि युवा नवप्रर्वतन’ विषयमा वक्तृत्वकला कार्यक्रम हुनेछ ।

सप्ताहाब्यापी कार्यक्रमको समापन भदौ २ गते हुने कार्यकारी उपाध्यक्ष चौँलागाईले बताए । संयुक्त राष्ट्रसंघले अगष्ट १२ लाई प्रत्येक वर्ष युवा दिवसको रुपमा मनाउन थालेपछि नेपालले पनि सन् २००४ बाट यो दिवस मनाउन थालेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*