नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

तामसालिङ खबर
२२ श्रावण २०७८, शुक्रबार ०८:५०

साउन, काठमाडौं – बिहीबारदेखि जारी नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै छ ।

नेपाल समूहले पार्टीभित्रको एकता, अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समयमा गरेका निर्णय र सरकारमा सहभागिताका विषयमा छलफल गर्न बैठक बोलाएको हो ।

बिहान ११ बजेदेखि बस्ने बैठकमा केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्ने छन् । हिजो (बिहीबार)को बैठकमा सदस्यहरुले बोल्ने क्रम नसकिएकाले बैठक आज पनि बस्न लागेको हो । हिजोको बैठकमा अधिकांश सदस्यले पार्टीको आन्तरिक समस्या समाधान कार्यदलले दिएको सुझाव र पहलबमोजिम एकताबद्ध पार्टी निर्माणको दिशामा अग्रसर हुनुपर्नेमा जोड दिएका थिए ।

विहिबारको बैठकमा विजय पौडेल, झपट रावल, रामकुमारी झाँक्री, सावित्रा भुसाल, निरा जैरु, ठाकुर गैरे र भानुभक्त जोशी लगायतले बोलेका थिए । बैठकका सहभागी नेताहरुले पार्टीको अन्तरबिरोधका विषयमा आफ्नो धारणा राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*