युवालाई डोरीले बाँधेर कुट्ने वडाअध्यक्ष नेपाली पक्राउ

तामसालिङ खबर
२१ श्रावण २०७८, बिहीबार १५:४४

साउन, जाजरकोट – युवालाई डोरीले बाँधेर कुट्ने वडाअध्यक्ष रामबहादुर नेपाली पक्राउ परेको छ । पक्राउ पर्नेमा जाजरकोटको जुनीचाँदे गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्षलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

उनले गत साउन १५ गते सोही स्थानका सर्पे दमाईलाई डोरीले बाँधेर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनलाई घटनाका सन्दर्भमा सोधपुछका लागि सदरमुकाम ल्याइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*