मकवानपुरको बागमती गाउपालिकामा सामुदायिक आँखा केन्द्र संचालन हुने

तामसालिङ खबर
२१ श्रावण २०७८, बिहीबार १०:४०

साउन, हेटौंडा – मकवानपुरको पुर्बी क्षेत्रमा रहेको बागमती गाउँपालिकामा सामुदायिक आँखा केन्द्र संचालन हुने भएको छ । आँखा केन्द्र संचालनको लागि बुधबार बागमती गाउँपालिका र तिलगंगा हेटौंडा सामुदायिक आँखा अस्पताल बीच सम्झौता भएको हो ।

आँखा केन्द्र संचालनको लागि गाउँपालिकाले दुईजना स्वास्थ्यकर्मीको लागि पारिश्रमिक बापतको रकम वार्षिक रूपमा अनुदान स्वरूप उपलब्ध गराउनु पर्ने, संचालन केन्द्रको स्थान र आवश्यकीय भौतिक पुर्वाधारको व्यवस्था गर्नुपर्ने, प्रचारप्रसार गर्नु पर्ने लयागत अस्पतालको तर्फबाट आवश्यक सामाग्री तथा उपकरण, आवश्यकता अनुसारको प्राविधिक जनशक्ति उपलब्ध गराउने साथै आवश्यकीय वजेट विनियोजन गर्ने लगाएतका द्वीपक्षीय सम्झौता भएको छ । सम्झौता हस्ताक्षर गरेको मितिले आगामी पाँच वर्षसम्म कायम रहने सम्झौता उल्लेख छ ।

आँखामा समस्या भए व्यक्ति सक्षम तथा सबल भएपनि कुनै काम गर्न नसकिने साथै यस्तो महत्वपूर्ण अंगको उपचारको लागि पालिकामा हाल व्यवस्था नभएकोले आँखा सम्बन्धी सानो समस्याको उपचारको लागि हेटौंडा धाउनुपर्ने बाध्यता रहेकोमा आँखा केन्द्र संचालन पछि पालिका स्तरमै सेवा सहज हुने अध्यक्ष सर्केश घलानले बताए ।

आँखा अस्पतालले स्थानीय निकायहरूको सहकार्यमा गरेको कार्य अत्यन्तै प्रभाकारी भएको अनुभ अस्पतालका प्रमुख डा सुनिल थकालीले व्यक्त गरे । आँखा केन्द्रमा आँखा जाँच , चश्मा जाँच, सामन्य शल्यक्रिया, औषधी सहितको सेवा आगामी तीन महिनाभित्र दैनिक रूपमा सेवा प्रदान गरिने हेटौंडा सामुदायिक आँखा अस्पतालका प्रशासकीय अधिकृत सुधिर श्रेष्ठले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*