भूमि सम्बन्धी समस्या समाधान आयोग सरकारद्वारा विघटन

तामसालिङ खबर
२० श्रावण २०७८, बुधबार ०९:४२

साउन, काठमाडौँ – सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

एमाले नेता देवी ज्ञवाली नेतृत्वको उक्त आयोग यसअघि केपी ओली नेतृत्वको सरकारले २०७६ चैतमा गठन गरेको थियो । विभिन्न जिल्लामा समेत आयोग गठन भएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारले विघटन गरिदिएको हो ।

यस आयोगले गत असारसम्म २१ करोड भन्दा बढी रकम खर्च गरिसकेको बताइएको थियो । यस आयोग मार्फत सदियौँदेखि भूमिहीन किसानको रुपमा जमिन भोगचलन गर्दैआएका किसानहरुको समस्या समाधान हुने अपेक्षा गरिएको थियो ।

देउवा नेतृत्वको सरकारले आयोग खारेज गरिदिएपछि ज्ञवाली सहित एमालेका नेताहरुले आयोग खारेजीको विरोध गर्दैआएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*