पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल

तामसालिङ खबर
२० श्रावण २०७८, बुधबार १९:०९

साउन, दिल्ली – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ। भारतको नयाँ दिल्लीस्थित एपोलो हस्पिटलमा सर्जन डा. सन्दिप गुलेरिया नेतृत्वको चिकित्सक टोलीले बुधबार सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको हो।

दुवै मिर्गौला फेल भएर गम्भीर स्वास्थ्य समस्या देखिएपछि खनाल केही समययता भारतमा उपचाररत थिए । अस्पतालमा नेफ्रोलोजिस्ट डा. अखिल मिश्र नेतृत्वको टीलीले नेता खनालको उपचार गराइरहेको थियो । मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरिएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार नेता खनालले अब केही दिन अस्पतालमै आराम गर्नुपर्ने छ । स्वास्थ्यमा समस्या आएपछि जेठ ३१ गते थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना गरिएका खनाललाई थप उपचारको लागि असार २ गते पनि दिल्ली लगिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*