गायक रुम्बाको ‘सोल्टिनी कान्छी’ रिलिज (भिडियो)

तामसालिङ खबर
४ श्रावण २०७८, सोमबार १३:२४

साउन, हेटौडा – मकवानपुरे गायक कराप रुम्बाको नया सेलो गीत ‘सोल्टिनी कान्छी’ को म्युजिक भिडियो रिलिज भएको छ ।

जिग्मे मिडियाको अफिसियल युट्युब च्यानल मार्फत रिलिज भएको भिडियोलाई प्रतिक ङ्यासुरले निर्देशन तथा कोरीयोग्राफी रहेको छ।

तामाङ चलचित्र क्षेत्रको नायक कुमार मोक्तान र मोडेल दिप्ती गोम्जालाई फिचरिङ गरिएको भिडियोमा सुर्य लामाको छायांकन र त्रिलोक लामाले सम्पादन गरेका छन् । गायक तथा संगीतकार छेडुप लामा मोक्तानको संगीत, कर्साङ लामाको एरेन्ज, गायक रुम्बाकै शब्द रहेको छ ।

हाल रोजगारको सिलसिलामा दक्षिण कोरियामा रहेको गायक रुम्बाले गीतको रेकर्डिङ्ग कोरियामै गरेका हुन् भने म्युजिक भिडियो छायांकन काठमाण्डौ आसपासको रमणीय स्थानमा गरिएका हुन्। उनको यसभन्दा अघि घर मेरो जिल्ला मकवानपुर, सुनिदेउ न, परदेशीको जीवन, लगायतका गीतहरु सार्बजनिक भैसकेका छन् ।

भिडियो हेर्नुहोस् –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*