बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न – नेता गगन थापाको आग्रह

तामसालिङ खबर
४ श्रावण २०७८, सोमबार १०:०४

साउन, काठमाडौँ – नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री देउवाले सरकारी निवास सरेको भोलिपल्टै कांग्रेस पदाधिकारी बैठक राखेपछि थापाले यस्तो आग्रह गरेका हुन् । ‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको बैठक नराख्न अनुरोध गरेका छौं ।

उहाँले पार्टी कार्यालयमा धर्ना भएका कारण बालुवाटारमा गरेको हो, अवदेखि त्यस्टो हुँदैन भनेर विश्वास दिलाउनुभएको छ । प्रधानमन्त्री ज्यू यो विश्वासलाई कायम राखिदिनुहोला,’ थापाले ट्वीटमा भनेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*