मन्त्रिपरिषद्को पहिलो निर्णय – चैत भित्र सबैलाई कोरोनाबिरुद्धको खोप लगाउने

तामसालिङ खबर
३० असार २०७८, बुधबार ०६:००

असार, काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको पहिलो मन्त्रीपरिषद वैठक सिंहदरबारमा सम्पन्न भएको छ ।

वैठकले चैत महिनाभित्र सबै नेपालीलाई कोरोना विरुद्धको खोप लगाउने निर्णय गरेको कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । सरकारले आगामी असोज महिनाभित्र एक तिहाइ जनसंख्या र चैत भित्र सबै नेपालीलाई खोप लगाउने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले कोरानाविरुद्ध अग्रपंतिमा खटिएकाहरुलाई एक हप्ताभित्र भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*