नवनियुक्त चार मन्त्रीले लिए शपथ

तामसालिङ खबर
२९ असार २०७८, मंगलवार १९:४६

असार, काठमाण्डौ – नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् गठन गरेका छन् । प्रधानमन्त्री देउवाले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाट दुई दुई मन्त्री नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्रीमा बालकृष्ण खाँड गृह, ज्ञानेन्द्रबहादुर कार्की कानून, न्याय तथा संसदीय मामिला, जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ रहेका छन् ।

नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ गराएकी थिइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*