राजस्व नबुझाई बुद्धचित्तको दाना लैजाने चार जना पक्राउ

तामसालिङ खबर
२९ असार २०७८, मंगलवार १८:२९

असार, सुनपाती – रामेछापको सुनापति गाउँपालिकाबाट राजस्व नबुझाई अवैध रुपमा काभ्रेतर्फ लैजादै गरेको ३५ किलो बुद्धचित्तको दाना प्रहरीले पक्राउ गरेको छ ।

सुनापति गाउँपालिकामा उत्पादित बुद्धचित्तको दाना राजश्व नबुझाई निकासी गर्ने क्रममा प्रहरीले खाँडादेवी गाउँपालिका–१ को खैरेनीघाट नाकाबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी लुभुघाटबाट खटिएको संयुक्त टोलीले खैरेनीघाट नाकामा चेकजाँच गर्ने क्रममा बुद्धचित्तको दाना बरामत गरेको थियो ।

बुद्धचित्तको माला सहित दुई वटा मोटरसाइकलसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । अवैध रुपमा लैजादै गएको सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा ३५ किलो बुद्धचित्तको दाना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगानाले बताए ।

पक्राउ पर्नेहरुमा काभ्रे तेमाल गाउँपालिका–९ का दुप्सन थोकर, सोही गाउँपालिकाका ३१ बर्षिय धिरज तामाङ, ३५ बर्षिय रविन लामा, २८ बर्षिय जगत तामाङ र ६० बर्षिय दमाईसिंह तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालयले आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालयमा बुझाएको छ ।

बुद्धचित्तको दाना विभिन्न प्रकार हुने गर्छ । पाँच मुखे सात मुखे दाना भएको अवस्थामा एउटै दानाको पाँचदेखि साता लाख रुपैयाँसम्म पर्ने गरेको छ ।

सुनापति गाउँपालिका–४ बेथानका वडाअध्यक्ष खड्ग बहादुर घिसिङले आफूहरुले बुद्धचित्तको माला लैजाने व्यापारीहरुलाई अनिवार्य रुपमा राजश्व बुझाएर मात्र लैजान आग्रह गर्दै आएपनि वेवास्था हुँदै आएको बताए ।

हामीले प्रतिकेजी तीस रुपैयाँ निकासी कर लगाएका छौ, त्यो पनि तिर्न नमानेर लुकिछिपी लैजाने काम भएको छ, हामीले सीमा नाकामा चेकजाँच गर्न प्रहरीलाई अनुरोध गर्दै आएका छौं ।’

वैधानिक रुपमा वडा कार्यालयबाट रसिद काटेर लैजादा बुद्धचित्तको दाना लैजान कुनै पनि समस्या नरहेको बताउदै वडावाट लैजान व्यक्ति र व्यापारीहरुले अनिवार्य रुपमा वडा कार्यालयमा राजश्व बुझाएर मात्र लैजान आग्रह गरे । – रामेछाप न्युज

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*