झप तालमा रेकर्ड भयो, तामाङ गीत ‘सेम स्हु’ (भिडियो)

तामसालिङ खबर
२९ असार २०७८, मंगलवार १९:३०

असार, काठमाण्डौ – तामाङ संगीतमा सेला विट र समला तालमा गीत सुन्दै आएका स्रोताका लागि ‘सेम स्हु’ ले सुनौलो आयाम थपि दिएको छ ।
तामाङ संगीतमा प्राय सेला विट सुन्दै आएका दर्शकका लागि सेम स्हुले विल्कुलै नयाँ पन र संगीतको रसस्वादन गर्ने छ ।

नयाँ पुस्ताका लोकप्रिय संगीतकार तथा गायक जोगलाल लामाले नेपाली संगीतको झप तालमा तामाङ भाषाको पहिलो गीत रेकर्ड गरेका हुन् । उनकै स्वरमा रेकर्ड भएको सो गीतमा अर्का प्रसिद्ध संगीतकार तथा गायक अमृत लामाको संगीत र पवन वाङ लामाले एरेन्ज गरेका छन् ।

कुमार बम्जनले लेखेको गीतले तामाङ संगीतमा सुनौलो यात्रा तय गरेको बुझन सकिन्छ । नेपाली संगीतको प्रारम्भिक चरणमा नारायण गोपालको समयमा झप ताल रेकर्ड भएको पाइन्छ । सम्भवत यसपछि कमै मात्रामा झप तालको गीत सुन्न पाइन्छ ।

रहरमा गायन क्षेत्रमा स्वर मिसाउनेहरुको सूची लामै भएपनि संगीत अध्ययन गरेर साधन गर्ने कलाकारहरु कमै रहेका छन् । नयाँ पुस्तामा झन न्युन रहेको छ ।

झप ताल अन्य तालभन्दा सहज छैन, दश मात्राको यो गीत अफ्ठेरो नै हो । यसको लागि साधना चाहिन्छ । ‘मैले पनि प्रयास गरेको छु । तामाङ संगीतमा नयाँ कोसेढुंगा सावित हुने छ,’ गायक लामाले बताए ।

भिडियो हेर्नुहोस् –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*