आठ लाख मात्रा ‘भेरोसेल’ खोप आइपुग्यो

तामसालिङ खबर
२५ असार २०७८, शुक्रबार १२:३७

असार, काठमाडाैं – कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’ नेपाल आइपुगेको छ । चीनबाट खरीद गरिएको खोप नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाज मार्फत नेपाल आइपुगेको हो । बिहीबार साँझ उक्त जहाज खोप लिनका लागि चीनतर्फ गएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले सरकारले खरिद गरेको खोप आइपुगेको जानकारी दिए । उनले पहिलो चरणमा आठ लाख मात्रा अर्थात् १३ हजार किलो खोप आइपुगेको जानकारी दिए । सरकार र खोप कम्पनीबीच नन डिस्क्लोजर सम्झौता अनुसार कति परिमाणमा खोप नेपाल ल्याउने भन्ने कुरा खुलाइएको छैन ।

अब आगामी साउन ८ गतेसम्म तीन उडानमार्फत नियमित रुपमा खोप आउन थालेको हो । यस्तै असार ३१ गते पुनः बाइडबडी जहाज खोप लिन गएर साउन १ गते र साउन ७ गते पुनः जहाज नेपालबाट गएर साउन ८ गते खोप ल्याउने छ ।

उनले अहिले टेकुस्थित चिस्यान केन्द्रमा खोप भण्डारण गरिरहेको जानकारी दिए । मन्त्रालयले खोप लगाउने कार्यलाई विशेष प्राथमिकतामा राखेपछि यो खोप देशभरि नै पठाउने तयारी गरेको छ ।

खोप ६० वर्षमुनि उमेर समूहका मानिसलाई प्राथमिकताका आधारमा लगाउने मन्त्रालयको तयारी छ । कूल जनसङ्ख्याको दुई करोड २० लाखलाई खोप लगाउने सरकारको लक्ष्य छ । नेपालमा अहिले सम्म २६ लाख ११ हजार ८ सय ७ लाई पहिलो मात्रा र नौ लाख ३३ हजार ८ सय ६८ लाई दोस्रो मात्राको खोप लगाइसकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*