लोकसेवाका पदाधिकारी आएसँगै बढुवा प्रक्रिया सुरु

तामसालिङ खबर
१४ असार २०७८, सोमबार ०९:४४

असार, काठमाडौं – विभिन्न मन्त्रालय, निकाय र प्रदेशहरूमा लामो समयदेखि विभिन्न सेवा समूहका गरी आठ सचिव पद रिक्त रहँदै आएको छ । प्रशासन सेवाका पाँच, इन्जियरिङ सेवाका दुई र वन तथा कृषि सेवाका १ गरी ८ सचिव पद रिक्त रहे पनि समयमा नै पदपूर्ति हुन नसक्दा ती निकायका महत्वपुर्ण काम प्रभावित हुँदै आएको छ ।

लोकसेवा आयोगमा तीन महिनादेखि पदाधिकारी नहँुदा सचिव बढुवा प्रक्रिया अवरुद्ध रहँदै आएको थियो । लोकसेवामा पदाधिकारी आएसँगै सचिव बढुवा प्रक्रिया सुरु भएको हो । समयमा नै पदपूर्ति नहुँदा सचिव बढुवाको मुखमै रहेका वरिष्ठ सहसचिव मर्कामा पर्दै आएका थिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले भने आइतबारदेखि सचिव बढुवा प्रक्रिया सुरु गरिएको जानकारी दिएको छ । ‘लोकसेवाका पदाधिकारी आएसँगै सचिव बढुवा प्रक्रिया सुरु भएको छ, अब छिट्टै योग्यताक्रममा रहेका सहसचिवहरू सचिवमा बढुवा हुनेछन् । ’संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उच्च अधिकारीले राजधानीसँग भने । सचिव बढुवा सिफारिस समितिको अध्यक्ष लोकसेवा आयोगको अध्यक्ष रहेन कानुनी प्रावधान छ । याे खबर राजधानी दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*