बागमती प्रदेश सरकारद्वारा प्रदेश प्रहरीलाई सवारीसाधन हस्तान्तरण

तामसालिङ खबर
१२ असार २०७८, शनिबार ०६:२४

असार, हेटौडा – बागमती प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालय हेटौडालाई १२ ओटा गाडी र १६ वटा मोटरसाईकल हस्तान्तरण गरेको छ ।

शुक्रबार एक कार्यक्रमका बीच प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डेले प्रहरी नायब महानिरीक्षक बसन्तकुमार लामालाई उक्त सवारीसाधन हस्तान्तरण गर्नुभएको हो ।

प्रदेश सरकारले बर्षाको समयमा बाढी, पहिरोबाट हुन सक्ने जनधनको क्षतिलाई मध्यननर गर्दे तत्काल उद्धार र राहतको व्यवस्थापन गर्न प्रदेश प्रहरी कार्यालयलाई सवारीसाधन हस्तान्तरण गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*