नेकपा एमालेको नेपाल पक्षलाई उधारो उपलब्धि

पत्रपत्रिकाबाट
३१ बैशाख २०७८, शुक्रबार १०:१२

बैशाख, काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली फेरि एक पटक आफ्नो राजनीतिक चातुर्य प्रदर्शन गर्दै दलभित्रको विवाद मिलाउन सफल भएका छन् ।

दलभित्रको विवाद मिलाउँदा ‘उधारो सहमति गरिँदैन’ भन्दै अडान राख्ने वरिष्ठ नेता माधवकुमार नेपाल ओलीलाई तेस्रो पटक प्रधानमन्त्री बन्ने बाटो खोल्न वाध्य भएका छन् ।

अहिलेको निम्ति एमालेको पूर्ववत संरचना (२०७५ जेठ २) मा फर्कन ओली तयार हुनु नै नेपालका लागि उपलब्धि जस्तो देखिएको छ । तर, ओलीले आफ्नो राजनीतिक उद्देश्य पूरा गर्ने क्रममा अनुकूलता हेरेर मात्र नेपालका सर्त पालना गर्नेछन् ।

तत्काल राजीनामा गरेर नयाँ राजनीतिक मार्गचित्र बनाउने कोसिस गरिरहेका नेपाल र अर्को वरिष्ठ नेता झलनाथ खनालभन्दा पनि उनीहरु पक्षका युवा नेताहरु पद छाड्नै नसक्ने स्थिति भएपनि ओलीसँग सहमति गरेर जानुको विकल्प नरहँदा कार्यदल बनाएर उठेका विवाद समाधान गर्ने सहमति भएको हो । समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*